काठमाडौं – दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका-११ तेघरा की ३१ वर्षिया शान्ति चौधरी ३ वर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन् । 

त्यसमाथी उनीलाई श्रीमान गुमाएको छुट्टै पीडा थियो । गाउँमा आयआर्जनको कुनै बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो, यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । 

गरीबी निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक संस्था गठन गरे । संस्थामा उनि पनि आवद्ध भईन् । संस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्दथ्यो। त्यसैले ऋण माग्ने सोच गरिन् । 

पहिलै देखि शान्ति बंगुर पालन गर्थिन् । तर दुई चार वटा भन्दा बढि बंगुर थिएन । उनको मनमा लाग्यो अब व्यावसायिक बंगुर पालन गर्छु । एकदिन उनले बैठकमा पचास हजार ऋण माग गरिन् । आफुले पहिला ऋण लिँदा खेरी तिर्न सक्छु कि सक्दिन भन्ने चिन्ता मनमा लागेको थियो । संस्थाले स्विकृती दियो साहस गरेर ऋण लिईन् उनले । त्यो पैसाले शान्तिले बंगुर थपीन् । 

गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यवस्थित खोर बनाईन् । अहिले उनिसँग ३६ वटा पाठापाठी र ४ वोट पोथी बंगुर २ वाटा भाले बंगुर छन् । यही बंगुरको पाठापाठी बेचेर उनले संस्थाको ऋण वर्ष दिनमै तिरिन् । 

हिजोआज बंगुरको स्याहार सुसारमै उनको दैनिकी बित्छ । उनले बंगुरपालनलाई अझै बिस्तार गर्ने सोचेकी छन् । ‘गरीबी निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो’, शान्ति भन्छिन् । ‘बंगुर पालनबाटै म आत्मनिर्भर भएकी हुँ । तीन जनाको परिवार यहि बंगुरपालनको आम्दानीले धानिएको छ ।’ 

उनका दुई छोराछोरी स्थानीय माध्यमिक बिद्यालयमा पढ्छन् । छोरा दश कक्षामा र छोरी ६ कक्षामा पढ्छीन् । शान्तिले भनिन्, ‘बंगुरपालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ । छोराछोरीलाई पढाउन सजिलो भएको छ ।’ अहिले खोरमा करिब पाँच लाख रुपैयाँ भन्दा बढीको बंगुर रहेको उनले बताईन् । मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने शान्ति चौधरीबाट सिक्न सकिन्छ । संस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन्, जस्ले उनिहरुको जीवनमा नै परिवर्तन आएको छ ।