आधुनिक दाम्पत्य जीवन विभिन्न प्रकारका परिवर्तन तथा कठिनाइहरुले भरिएको हुन्छ । पुराना परम्पराहरुलाई त्यागेर नवजीवनतर्फ अग्रसर भइरहेको दाम्पत्य जीवन एक विचित्र पकारको भ्रान्तीसँग जुझिरहेको छ । जहाँ पति तथा पत्नीले एक अर्कालाई प्रसन्न राख्न सकिरहेका छैनन् । परस्पर प्रेमलाई कसरी बढाउने भनेर पति तथा पत्नीहरुमा अन्यौलता छ । आधुनिक उपकरण तथा जीवन शैलीले केही हदसम्म जीवनलाई सरल बनाइदिएको छ । तर आपसी प्रेम, समझदारी तथा समर्पणलाई बढाउन अधुनिक साधन कहिल्यै पनि लाभदायक हुन सक्दैनन् । त्यसोभए पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउन के गर्न सकिन्छ ? के गरेर दाम्पत्य जीवन सफल हुन सक्ला ? पक्कै पनि एकदोस्रोको आवश्यकतालाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ । यस आलेखमा पत्नीले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु उल्लेख गरिएका छन् । पति पत्नीका यी आकांक्षाहरुलाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सक्ने हो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ । 

प्रसंशा गर्नुहोस 

के कहिल्यै नोटिस गर्नुभएको छ, तपाईंकी पत्नी मेकअप गरेर या नयाँ लुगा लगाएर पटक पटक ऐनामा हेर्ने गर्छिन ? यदी त्यसो हो भने उनको चाहना हुन्छ कि तपाईं उनको प्रसंशा गर्नुहोस् । उनले गरेको मेकअप तथा लगाएका लुगाहरु राम्रो नदेखिए पनि सकरात्मक प्रतिक्रिया दिनुहोस् । यदि त्यसो गर्नुभएन भने उनको चित्त दुख्छ । 

केयर गर्नुहोस् 

पत्नी बिमारी भएको बेला के तपाईं उनको सामुन्ने बसेर हालचाल सोध्ने गर्नुहुन्छ ? के तपाईंले कहिल्यै चिया बनाएर आफ्नी पत्नीलाई खुवाउनुभएको छ? सायद छैन ! धेरैजसो पुरुषहरु यस मामलामा लापरवाह हुन्छन् । उनीहरु जान्दैनन् की उनकी अर्धाङ्गिनी यही चाहन्छिन् । पतिको केयरिंग नेचर पत्नीलाई धेरै राम्रो लाग्छ । पतिको सानो सानो पहलले पनि पत्नीहरुलाई धेरै खुसी बनाउँछ । यदि तपाईं पनि आफ्नी पत्नीलाई खुसी देख्न चाहनुहुन्छ भने उनलाई केयर गर्नुहोस् । 

विगत जान्ने इच्छा 

तपाईं मान्नुहोस् या नमान्नुहोस् हरेक पत्नी आफ्नो पतिसँग जोडिएको हरेक कुराहरु जान्न चाहन्छिन्, चाहे त्यो वर्तमानसँग जोडिएको होस् या विगतसँग । यदि कहिल्यै पतिले मजाकमै भएपनि आफ्नी एक्स गर्लफ्रेण्ड बारे बताइदिए भने पत्नीहरु सबैकुरा जान्न लालायित हुन्छन् । यस्तो अवस्थामा पतिले पत्नीसँग केही कुरा पनि लुकाउन राम्रो हुँदैन । यदि पत्नी तपाईंसँग जोडिएको केही कुरा जान्न चाहन्छिन् भने बिना हिच्किचाहट उनलाई सबैकुरा बताइदिनुहोस् । 

रोमान्सको चाहना 

भान्सामा काम गरिरहेका बेला पछाडिबाट आएर अंगालोमा बेर्नु, सबैको सामुन्नेमा पनि आँखाको इशारामा कुरा गर्नु जस्ता रोमान्टिक कुराहरु विहेको केही वर्षपछि हराउँदै जान्छन् । तर पत्नीहरु यस्ता पलहरुलाई निरन्तरता दिन चाहान्छन् । उनी चाहन्छिन कि आफ्नो श्रीमान विहेको सुरुवाती दिनजस्तै सधैं रामान्टिक बनी रहुन । 

सम्भोगको चाहना 

सेक्स (सम्भोग)को मामलामा महिलाहरु अहिले पनि खुला हुन सकेका छैनन् । पत्नीहरु आफ्नो सेक्सको चाहना कहिल्यै जाहेर गर्दैनन् । उनीहरु चाहन्छन् की पार्टनरले नै त्यसको पलह गरुन । कतिपय अवस्थामा संकोचवस उनीहरु आफ्नो मनको कुरा पार्टनरसँग सेयर गर्न पाउँदैनन् । यस्तोमा तपाईंले उनको चाहना बुझनु जरुरी हुन्छ । 

स्पेशल महशुष गराउने 

तपाईंले अक्सर फिल्महरुमा देख्नुभएको होला, हिरोले हिरोइनका लागि कारको ढोका खोलिदिन्छन् । घरमा हुँदा उनका लागि कुर्सी ल्याइदिएस बस्न दिन्छ । हिरोले यस्तो गर्दा हिरोइनलाई स्पेशल महशुष हुन्छ । तपाईंकी पत्नी पनि चाहन्छिन् कि तपाईंले उनलाई स्पेशल महशुष गराउनुहोस् । सधैं यस्तो गर्नु जरुरी छैन । तर छुट्टीको दिन या जब पनि समय मिल्छ पत्नीका लागि केही स्पेशल गर्नुहोस् । मिठो परिकार बनाएर खुवाउनुहोस्, सरप्राइज गिफ्ट दिनुहोस् यसले तपाईंको पत्नीमा तपाईंप्रति विशेष सम्मानको भावना विकास हुन्छ ।