काठमाडौं - नेपालमा आन्दोलनको मर्म र भावना अनुसारको सरकार कहिल्यै बनेको छैन । नेपालमा सबै प्रकारका आन्दोलन र राजनीतिक घटनामा छिमेकी मुलुक भारतको प्रत्यक्ष हस्तक्षेप हुने गर्दछ । तर पछिल्लो समय अमेरिका र युरोपियन युनियनको डिजाइन र योजनामा सरकार बन्ने गरेको पाइन्छ ।
नेपालमा राजनीतिको चियाे चर्चा, सूचना र भूमिका खेल्न एक चतुर खेलाडी उमाकान्त गिरीलाई भारतले सक्रिय बनाउने गरेको छ । दैनिक गिरी भारतीय दूतावास लैनचोरमा सम्पर्क गर्छन् । गिरी पर्दा पछाडि बसेर राजनीतिक भेटघाट गर्छन् । आफ्नो भारतसँगको सम्बन्धको पोल खुल्ने डरले हत्तपत्त ठूला पार्टी र समारोहमा देखा पर्दैनन्। हप्ता दिन अगाडि गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई च्यासलमा आधा घण्टा भेटेका थिए । लगत्तै गिरीले युरोपियन युनियनकी नेपाल प्रमुख Veronique Lorenzo लाई युरोपियन युनियनकै कार्यालय लाजिम्पाटमा एक घण्टा वार्ता गरेका थिए ।
गिरी ६ महिना अगाडीदेखि नै आफ्ना निकट पत्रकारहरूसँग पिएको बेला नेपालमा चाँडै असंगठित विद्रोह हुन्छ भन्ने गर्थे । जेनजी विद्रोहपछि कांग्रेस एमालेको सरकार ढलेपछि देशमा उत्पन्न विषम परिस्थितिबारे छलफल गर्न प्रधानसेनापतिले आफ्नो निवास झम्सिखेलमा गिरीलाई तीन पटक बोलाएका थिए भने गिरी दुईपटक शीतल निवास पनि पुगेका थिए । गिरी नेपाली सेनाको भने बचाउ गर्छन् । सेनालाई विवादमा ल्याउँदा घातक हुने तर्क गर्छन् । वर्तमान प्रधानमन्त्री सुशिला कार्कीलाई गिरी दिदी मान्छन् । प्रधानमन्त्री सुशिला कार्कीले गिरीलाई रक्षा मन्त्रीमा नियुक्ति गर्न चाहेकी थिइन् । तर गिरीले इच्छा नगरेको एक स्रोतले बतायो ।
गिरी परिवारको कारण लाभको पद र आर्थिक फाइदामा लागि नपरेको कुरा बेलाबेला भन्ने गर्छन् । तर गिरी भारतीय दूतावासको निर्देशनमा पर्दा पछाडि बसेर खेल खेल्छन् । गिरीले जेनजीका अगुवाहरू प्रवेश दहाल र रक्षा बम लगायतलाई पनि भेटेका छन् । रिपोर्टस् क्लबमा सुदन गुरुङलाई धेरै नचम्कन र हैसियतभन्दा माथि गएर धेरै नबोल्न, यस्तै हो भने भविष्य उज्यालो छैन भनेर गिरीले सम्झाएको पत्रकार ऋषि धमला बताउँछन् ।
पर्दा पछाडि एक षड्यन्त्रकारी खेलाडी हुन्, उमाकान्त गिरी ।

