फ्रिजमा राख्ने बित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ । तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन् । 

१. तुलसी

तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ । तुलसी पानीमा राख्नुपर्छ । 

२. आलु 

चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ। आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ। 

३. लसुन र प्याज

आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ । 

४. जैतुनको तेल

जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन। कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ । 

५. रोटी

धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ । 

६. कफी

कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ । 

७. मह

यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ । 

८. अचार

अचारमा भिनेगार धेरै हुन्छ। यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।